नियम १४
ओलम्पिक कमिटीको अन्य काम
ऐनको दफा २७ को उपदफा (६) मा उल्लिखित व्यवस्थाका अतिरिक्त परिषद्मा दर्ता भएका ओलम्पिक कमिटीले अन्तर्राष्ट्रियि ओलम्पिक कमिटीको बडापत्रको अधीनमा रही देहाय बमोजिमको काम गर्नु पर्नेछ :-
(क) अन्तर्राष्ट्रि ओलम्पिक कमिटीको बडापत्रको मूल्य मान्यता अनुसारको कार्य गर्ने, गराउने,
(ख) _ ओलम्पिक कमिटीमा आबद्ध खेलहरुको विकासको लागि आवश्यक कार्य गर्ने,
(ग) ओलम्पिक कमिटीसँग आबद्ध खेल सङ्घहरुमा सुशासन कायम गर्न आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने,
(घ) प्रशिक्षक प्रशिक्षण सम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सोलिडारिटि कोर्स तथा तहगत कोर्स सञ्चालन सम्बन्धी कार्य गर्ने, (ङ) नेपालमा बृहत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको लागि पहल गर्ने,
(च) आई.ओ.सी. छाता अन्तर्गतका बृहत अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताको लागि आवश्यक व्यवस्था मिलाउने ।